दफा १९१
पारस्परिक कानूनी सहायता आदान प्रदान गर्न सकिने
यस संहिता बमोजिम कारबाही, सुनुवाइ र किनारा हुने कसूर सम्बन्धी मुद्दाको कुनै अभियुक्त विदेशमा रहेकोमा निजका नाउँमा समाह्वान वा पक्राउ पूर्जी जारी गर्नु पर्ने वा कुनै प्रमाण बुझ्नु पर्ने भएमा वा विदेशी अदालतमा विचारधीन मुद्दाको कुनै अभियुक्त नेपालमा रहेकोमा निजको नाउँमा समाह्वान वा पक्राउ पूर्जी तामेल गर्ने वा प्रमाण बुझ्न सहयोग गर्नु पर्ने भएमा पारस्परिक कानूनी सहायता सम्बन्धी कानून बमोजिम गर्नु पर्नेछ ।